मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रौतहट ट्राफिक प्रहरी : नौ महिनामा ११ हजार सवारी कारबाहीमा

Ujyalosandeshonline 11474+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

रौतहट । रौतहट ट्राफिक प्रहरीले नौ महिनाको अवधिमा ११ हजार १ सय २५ जना सवारी साधनका चालकलाई कारबाही गरेको छ । गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा  ट्राफिक प्रहरीले चालकलाई नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो । सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकेन्द्र अधिकारी जानकारी दिए । 

उनका अनुसार यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । विशेषगरी ः यहा ट्राफिक नियम उल्लघनको घटनामा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र(लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायत पर्ने उनले जानकारी दिए । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ । 

जिल्लामा टूाफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएकोमा ३६ जनाको मृत्यु  र ८९० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार