मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

एएसी ब्लकको योजनाः खरिदमा पाँच प्रतिशत छुट

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

भैरहवा । नेपाल एएसी कम्पनी प्रालिले उत्पादित अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लकमा छुट दिने भएको छ। प्रालिले ग्रेगोरियन पात्रो अनुसार सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा तीन महिनासम्म ब्लक खरिदमा पाँच प्रतिशत छुट दिने भएको हो ।

पर्खाल वा घरको गारो लगाउनमा उक्त ब्लकको प्रयोग हुने गरेको छ । जर्मन प्रविधिबाट निर्मित उक्त ब्लक हलुका, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, उच्च तापधारण क्षमता, ध्वनी र अग्नी प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषता रहेको कम्पनीका निर्देशक धिरज कुमार मल्लिकले बताए ।

नेपाल एएसी कम्पनी प्रालिका अध्यक्ष प्रमोद कुमार यादवले उद्योगमा उत्पादित ब्लक विदेश निर्यातको तयारीमा रहेको बताए । ‘८० देखि १ सय वर्ष आयु रहेको ब्लक ३ पुस्तासम्म चल्छ’, उनले भने, ‘पूर्ण क्षमतामा उत्पादन गरी भारतमा निर्यात गर्ने प्रक्रियामा छौं।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित रहेको कम्पनीले एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाईमा विभिन्न ३ वटा ४, ६ र ८ इन्च साइजमा तयार गरेको छ । कम्पनीले छिट्टै आवश्यकता अनुसार साना र बढी चल्ने आकारमा पनि एएसी ब्लक उत्पादन गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए ।

आईएसओ–९००१ः२०१५ बाट प्रमाणित कम्पनीद्धारा उत्पादित एएसी ब्लकहरु आवासीय, औद्योगिक, व्यापारिक र कार्यालय भवन, अस्पताल, पर्खाल, थियटर, विद्यालय, क्याम्पसलगायत निर्माण गर्न प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार