मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

Ujyalosandeshonline 11474+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान थुपारेर क्षति पुगेको मन्थली– चिसापानी सडक मर्मत र सफा गर्नको लागि सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई अनुरोध गर्दा पनि चासो नदिए पछि सडक संरक्षणको लागि स्थानीय नै जुटेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

सो सडकको जबदे क्षेत्रको सबैभन्दा बढी क्षति पुगेको भागमा गेग्र्यान पन्छाउने, नाला सफा गर्ने तथा कटान गरेको ठाउँलाई पुर्ने काम गरिएको श्रेष्ठले बताए । अन्य क्षेत्रमा पनि अब स्थानीय नै मिलेर सडक संरक्षणमा जुट्नु पर्ने अवस्था आएको उनको भनाइ छ । 

जिल्ला पूर्वाधार कार्यालय मार्फत भएको सो सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले सडक जिम्मा नलगाइसकेको अवस्थामा सडक संरक्षणको जिम्मा निर्माण कम्पनीकै हुने भए पनि त्यसको संरक्षणमा दुवै निकायले ध्यान नदिएका श्रेष्ठले गुनासो गरे ।

‘जिम्मा त उनीहरूको हो, क्षति हुँदा हाम्रो हुन्छ, सडक रोकिँदा हाम्रो रोकिन्छ, त्यसैले सडक जोगाउने काममा लागेका हौँ’, श्रेष्ठले भने । सडकको निर्माण र संरक्षणमा निर्माण कम्पनी र जिम्मेवार कार्यालयले निक्कै लापरबाही गरेका श्रेष्ठको गुनासो छ । ‘सडक मर्मतको लागि पटक पटक वडाको तर्फबाट ताकेता गर्दा पनि भएको छैन’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार