मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु, ६० जना घाइते

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं ।  बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको  छ । गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यका सहित देशभर  ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए ।

तिवारीका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ  भने  १० जना घाइते भएका छन् । यस्तै  ललितपुरमा  १८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । साथै भक्तपुरमा ५ जनाको मृत्यु भएको  छ  भने २  जना घाइते भएको तिवारीले बताए । 

यस्तै बाढी पहिरोले कोशी प्रदेशमा ८ जनाको  मृत्यु भएको छ भने ४ जना घाइते तथा ८ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको  छ । साथै मधेश प्रदेशमा १ जनाको मृत्यु भएको  छ भने घाइते ४ जना र बेपत्ता २ जना रहेको जनाएको छ ।

यस्तै बागमती प्रदेश उपत्यकाका बाहेक अन्य जिल्लाहरुमा गरी  २३ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते अवस्थामा रहेका छन् भने ३९ जना बेपत्ता रहेको समेत मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

साथै देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको जनाएको छ ।

गृह मन्त्रालयले मृतकहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै  प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाईका वावजुद काठमाण्डौ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको जनाएको छ ।

साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण र सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाईएको छ भने विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबााट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध समेत गरेको छ ।

उपचारको व्यवस्था मिलाउन र प्रभावितहरुको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न निर्देशन गरिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । केन्द्रीय सुरक्षा समितिको बैठक बसी गृहमन्त्री रमेश लेखकले  विपद्मा परेकाहरुको तत्काल खोज तथा उद्धार गर्न र राहत कार्यमा उच्च प्राथमिकताका साथ परिचालन हुन निर्देशन समेत दिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार