मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भाजपाका पूर्व महासचिवः ‘नेपालको लोकतन्त्र विरुध्द कसैले षड्यन्त्र गर्न सक्दैन’

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं । भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरूत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।  समान संस्कृति र सभ्यता भएका दुइ छिमेकी किन यो कार्यमा सँगसँगै अघि बढिरहेका छैैनन् भनेर उनले जिज्ञासा राखे ।

काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राम माधवले नेपाल र भारत लोकतन्त्र भएका देश भएकाले भारत सदैव नेपालको लोकतन्त्रको सफलता चाहन्छ भने । उनले नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए ।  

माधवले भने, ‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौं । यो राजनीतिक विषय नै होइन । यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ । यो संम्प्रभुताको विषय होइन ।’

राम माधव इन्डिया फाउण्डेशनका चेयरपर्सन हुन्, उनी राष्ट्रीय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डलका सदस्य पनि हुन् । 

यही २७ मार्च देखि २९ सम्म सञ्चालित सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, इन्डिया फाउण्डेशन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त संयोजनमा सञ्चालन भएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार