गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग

मनु सुनार 39+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

गुल्मी । सुशासन अभियान गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर सेवाग्राहीका गुनासो तथा सुझाव सङ्कलन गरेको छ। कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाको अवस्था, नागरिकले भोगेका समस्या र सेवालाई थप प्रभावकारी एवं नागरिकमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको अभियानका सभापति ढुण्डिराज पोखरेलले जानकारी दिनुभयो। सङ्कलनका क्रममा विगतको तुलनामा प्रशासनको सेवा प्रवाहमा सुधार देखिएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कार्यालयको सेवालाई सहज, पारदर्शी र नागरिकमैत्री बनाउन प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार पब्लिक अनाउन्समेन्ट सिस्टमलाई थप व्यवस्थित गर्ने र सेवाग्राहीलाई विभिन्न कोठा धाउनु पर्ने झन्झट अन्त्य गर्न एकद्वार सेवा प्रणालीलाई प्रभावकारी बनाइनेछ। यसैबिच, सेवाग्राहीले परिसरमा बैंक काउन्टर भए पनि डिजिटल कारोबारका लागि QR कोडमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। अभियानले सेवा प्रवाहलाई जवाफदेही बनाउन निरन्तर निगरानी र सहजीकरण गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार