मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


पाल्हीनन्दन गाउँपालिकाका एसईई परिक्षा दिइने विद्यार्थीलाई वृति परामर्श तालिम

Ujyalosandeshonline 11009+ समाचार ( )
१७ माघ २०८०, बुधवार

परासी ।  नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पालिका भरि कक्षा १० मा अध्ययनरत(एसईई) परिक्षा दिइने विद्यार्थीलाई लक्षित गरि वृति परामर्श तालिम कार्यक्रम सञ्चालन गरेको छ । 

एसईई परिक्षा पश्चात थप उच्च शिक्षा तर्फको अध्ययनमा कुन क्षेत्रमा जाने र त्यसका लागि आवश्यक तयारीका लागि परिक्षामा कति मार्क ल्याउनु पर्ने जस्ता जानकारी दिइने उदेश्यले सो वृति परामर्श कार्यक्रम ल्याएको हो ।

एसईई परिक्षा पास गरेर उच्च शिक्षाका लागि पहिला देखी नै तयारी बनाउने उदेश्यले बालबालिकाका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । 

सो कार्यक्रमको शुभारम्भ गाउपालिका वार्ड नं.६ स्थित सुकदेव माविबाट गर्दै उनले गाउपालिका भरिका सबै माध्यमिक विद्यालयका विद्यार्थीलाई एक दिवशिय वृति परामर्श कक्षा सञ्चालन गरिएको जानकारी गराएका थिए । 

यसले एसईई दिइने विद्यार्थीले कुन विधामा उच्च शिक्षाको यात्रा गर्ने हो,त्यसका लागि आवश्यक आधारभुत तयारी कसरी गर्ने,कुन विषयका लागि कति मार्क ल्याउनु पर्ने जस्ता जानकारी गराइए पछि सोही अनुसार नै विद्यार्थीले परिक्षाको तयारीमा लाग्ने विश्वास गरेका छौ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, एसर्ईई परिक्षाका पास गरे पछि धेरै विद्यार्थीलाई कौतुलक हुन्छ,तर त्यो बेला हतारको निर्णय हुन्छ । 

जुन कतिपय विद्यार्थीले पछुतो मान्ने गर्छन् । यदि कसैले विज्ञान तर्फ उच्च शिक्षा अध्ययन गर्न चाहन्छ भन्ने उसले कुन विषयलाई अहिले देखी नै तयारी गरि उच्चतम मार्क ल्याउनु पर्छ । सोही अनुसारको तयारी गर्नु पर्छ । 

त्यसका लागि अभिभावकलाई पनि सन्तुष्ट बनाउन तर्फ पनि विद्यार्थी आफै लाग्नु पर्ने उनको भनाई थियो । अहिले ग्रेडिगँमा पनि केही परिवर्तनहरु भएका छन्, उनले भने, यो वृति परामर्श शिक्षा त्यसका लागि पनि हो । 

यसले विद्यार्थीलाई बुझ्न जान्न सहज बनाउने छ । यसलाई उच्च शिक्षाका लागि पुर्व तयारी परामर्शको रुपमा लिइनु पर्छ, उनले थपे, माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानिय सरकारलाई भए पनि अन्य उच्च शिक्षाका लागि माध्यमिक तहबाटै तम्तयार गरिदिनु पर्छ, भनेर यो कार्यक्रम सञ्चालन गरिएको हो ।

बेलामै यसबारे जानकारी गराए पछि विद्यार्थी अभिभावकलाई सोच्ने र तयारी गर्ने समय प्रयाप्त हुनेछ । वृति विकास कार्यक्रमको सहजीकरण आयोजना रिड फर राईट प्रालिले गरेको थियो । सो कार्यक्रममा सहजीकरण गर्ने प्रशिक्षक इजहार शेषले गर्दै उच्च शिक्षाको अध्ययन गर्ने निर्णय गर्न नसक्दा कतिपय विद्यार्थी विषयान्तर हुने र पछि समस्यामा पर्ने समेत गरेको देखिएको छ । 

यो वृति परामर्श कार्यक्रमले पाल्हीनन्दनका विद्यार्थी बेलामै निर्णय लिइने र तयारीमा जुट्न सक्षम हुने विश्वास ब्यक्त गरेका थिए । यो वृति परामर्श तालिम बाहेक पनि परिक्षा पछि गाउपालिकाले शिक्षा शाखा मार्फत भर्चअल परामर्श खुल्ला नै राख्ने योजना अगाडी सारेको जानकारी गराइएको थियो । 

गाउँपालिकाले विद्यालयको पाठ्यक्रमको शिक्षा बाहेक विभिन्न अतिरिक्त कार्यक्रम पनि विद्यालयमा सञ्चालन गर्दै आएको छ । विद्यार्थीको अशान्त मनलाई शान्त कसरी बनाउने ? विधि सहितको विद्यालय लक्षित शान्ति शिक्षा कार्यक्रम र गाउपालिका स्थानिय सरकारको रुपमा कसरी काम गर्छ ? भनेर सामुदायिक विद्यालयसँग उपाध्यक्ष कार्यक्रम समेत सञ्चान गर्ने योजना रहेको समेत प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार