मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ । 

अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदनले समेत उक्त अनियमितता औँल्याएको आयोगले जनाएको छ । यसैगरी, आपूर्तिकर्तासँग भएको सम्झौताअनुसार म्याद गुज्रिएका वा बिक्री नभएका औषधि फिर्ता गरी प्रतिस्थापन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै सम्बन्धित कर्मचारीहरूले औषधि फिर्ता नगरी, सोधभर्ना नलिई तथा धितो रकम कट्टा हुनुपर्ने अवस्थामा समेत गलत जानकारी दिएर धितो फिर्ता गराएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । 

अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुगेको पुष्टि भएको आयोगले जनाएको छ । यस प्रकरणमा फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक शमीला श्रेष्ठ, स्टोरकिपर तथा फार्मेसी सहायक केशवराज न्यौपाने तथा स्टोरकिपर तथा फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार