मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता

Ujyalosandeshonline 11026+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् । बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गत को राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफल मा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने उनले बताए । 

उनले भने,अब निजामति सेवा ऐन चाँडै आउँछ । हामी जहाँ जाँदा पनि पहिला प्रश्न यही तेर्सिन्छ । छलफलमा नै राखेर बस्ने हो भने दुई तीन वर्ष नै जान्छ । त्यसैले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छु । उहाँहरुको निर्देशन लिन्छु । र छलफल गरेर अगाडि बढ्छौं ।’

मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे । उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार