मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी

अनिल नेपाली 141+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

अर्घाखाँची । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना प्रभावकारी देखिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला ले बताउनु भएको छ ।  

स्थानीय तहका प्रमुख प्रतिनिधि /प्राविधिक र जिल्लास्थित सरोकारवला निकायका प्रमुख प्रतिनिधिहरु बीच  कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रममा मन्तब्य राख्दै प्रमुख कोईरालाले यस्तो बताउनुभएको हो । प्रमुख कोईरालाले परियोजनाअन्तर्गत कृषिमा यान्त्रीकरण प्रवद्र्धनका लागि उत्पादन देखि बजारीकरण सम्म आवश्यक सबै प्रकारका औजार–उपकरणको सहितको सेवा उपलब्ध गराउन सम्बन्धित परियोजना कार्यान्वयन एकाइले महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए । 

अर्घाखाँची जिल्लामा परियोजनाले जिल्लाका  विभिन्न पालिकाभित्र परियोजना सञ्चालन गरेको छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको छ । कार्यक्रममा जिल्लाको समग्र स्थिति परियोजनाको बारेमा परियोजना प्रमुख बिष्णु मगरातीले अनुशिक्षण दिदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चारवटा सम्भावनाहरू मध्ये व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) अन्तर्गत आ.व. २०७३÷७४ देखि अर्घाखाँची जिल्लामा तरकारी जोन स्थापित भएको हो । 

यसै गरी आ.व. २०७६÷७७ मा बाखा जोन रआ.व. २०७७÷७८ मा कफी जोन स्थापना भएको हो । तथापी हावापानीको दृष्टिकोणले जिल्लाका उपयुक्त स्थानमा सुन्तलाजात फलफूल खेतीको समेत क्षेत्रविस्तार लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको परिवेशमा आ.व. २०८१÷८२ देखि सुन्तला जोनको स्थापना सँगै सुन्तला फलफूलसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालनमा आएका छन् । 

जिल्लामा  तरकारी जोन अन्तर्गत नगरपालिका र गाउँपालिकाका २१ वटा वडाहरू, बाखा जोन अन्तर्गत ३८ वटा वडाहरू, कफी जोन अन्तर्गत १४ वटा वडाहरू र सुन्तला जोन अन्तर्गत २६ वडाहरू समावेश गरिएको छ भने यसमा  विभिन्न कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्था र निजी कृषि उद्यमी फर्मका कृषकहरूलाई तरकारी बाखा कफी र सुन्तला फलफूलको व्यावसायिक उत्पादन तथा प्रशोधन निमित्त परियोजना कार्यान्वयन एकाइले वार्षिक रूपमा विविध कार्यक्रमहरू सञ्चालन गदै आएको मगरातीले बताए । 

कार्यक्रममा जिल्लामा ४३५ वटाले अनुदानको लागि माग गरेकोमा फिल्ड भिजिटको आधारमा ४३५ वटालाई प्रत्रिया अगाडि बढाएता पनि केहीले अझै पनि सम्झौता अनुसार काम नगरेको बताए । कार्यक्रममा मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोखेल , पत्रकार प्रेमनारायण आचार्य , गोपाल भट्टराई लगायत गाउँपालिका र नगरपालिका शाखाका प्रमुख लगायतले मन्तब्य राख्नुभएको थियोे

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानीय सरकारका प्रमुख उप प्रमुख उपाध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृत शाखा प्रमुख जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सञ्चारकर्मी लगायत कृषकको उल्लेखनीय सहभागीता रहेको थियो कार्यक्रमको सञ्चालन कमप्युटर अपरेटर भगवता चौहानले गनु भएको थियोे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार