कुवेतविरुद्ध नेपाल६ विकेटले विजयी

Ujyalosandeshonline 11033+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । 

कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट,ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार