मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर

रासस 462+ समाचार ( )
१३ माघ २०८२, सोमबार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भँैंसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । उहाँले दैनिक नौ लिटर दूध उत्पादन गर्नुहुन्छ,  । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७० का दरले दूध बेचेर उहाँले दैनिक रु चार सय ९० र मासिक रु १४ हजार सात सय आम्दानी गर्दै आउनुभएको छ ।

“दूध बिक्रीबाट आएको पैसाले नून, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,” चौधरीले भन्नुभयो, “बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।” भँैंसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उहाँ आफैँ सम्हाल्नुहुन्छ ।

यसैगरी  नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पाल्नुभएको छ । दैनिक छ लिटर दूध डेरीमा पु¥याउने राना भन्नुहुन्छ, “भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।” सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताउनुभयो ।

पहिले दूध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारु समुदायका व्यक्तिको सङख्या बढ्दो छ । “पहिले एक–दुई जना मात्रै दूध बिक्रीका लगि आउनुहुन्थ्यो, अहिले ३० जनाभन्दा बढीले नियमित दूध बिक्री गरिरहनुभएको छ,” हमालले भन्नुभयो ।

व्यावसायिक भैँसीपालनले थारु समुदायका विपन्न अवस्थाका परिवारलाई आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन र अन्य व्यापार व्यवसायमा लगानी गर्नसमेत सक्षम बनाएको छ । थारु समुदायमा फैलिएको यो उत्साहले स्थानीयस्तरमा स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेको हमाल बताउनुहुन्छ । “दुध बिक्री गर्न आउने थारु समुदायका व्यक्तिहरुलाई हामीले पनि प्रोत्साहित गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “दूधको गुणस्तर अनुसारको मूल्य हातोहात दिने गरेका छौँ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार