मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

त्रिविमा ८डीन र ३ निर्देशक नियुक्त

Ujyalosandeshonline 12441+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत  ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

नियुक्त भएका डीनहरुमा शिक्षा शास्त्र संकायतर्फ प्रा.डा.बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्सा शास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहन राज शर्मा, मानविकी तथा सामाजिक शास्त्र तर्फ प्रा.डा. दुबि नन्द ढकाल रहेका छन् ।

यस्तै, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोर चन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा.सुशील बहादुर बज्राचार्य रहेका छन् ।

त्यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा.सह प्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा.मीना राज भण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा.लक्ष्मी कान्त शर्मालाई नियुक्त गरेको छ ।

यस अघित्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गत ेभित्र सबै नियुक्ति गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार