मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

मैदानेका विद्यार्थीको पीडा : दैनिक पाँच घण्टामा जङ्गल छिचोलेर विद्यालय

Ujyalosandeshonline 11474+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

रामेछाप लिखु तामाकोशी गाउँपालिका सैपु मैदानेका बालबालिका विद्यालय जानआउन दैनिक पाँच घण्टा जङ्गलको यात्रा गर्न बाध्य छन्

नजिकै विद्यालय नहुँदा सो गाउँका बालबालिकाले विद्यालय जान जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएका छन्

सोही जोखिम मोल्दै मैदानेकी निशा मगरले ११ कक्षासम्मको पढाइ छिचोलेकी छिन् सो गाउँबाट विद्यालय जाने एक मात्र विद्यार्थी हुन् निशा

पहिला अरू पनि थिए, स्कुल सारै टाढा भएपछि कोही काठमाडौं गए, चाहिँ सुरु देखि नै घरैबाट विद्यालय धाइरहेकी छु’, निशाले भनिन्

निशालाई बिहान देखि :३० बजेसम्म घरबाट निस्किसक्नु पर्छ बेलुका घर फर्कँदा पनि साँझको नै बज्छ हिँड्दा हिँड्दै थाकिन्छ, पढ्ने समय नै हुँदैन’, निशाले सुनाईन्

त्यस गाउँबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो मैदानेबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ सो गाउँबाट सबैभन्दा नजिकैको स्कुल नै चण्डेश्वरी मावि हो, बच्चालाई पढ्न जान तीन घण्टासम्म हिँड्नु पर्छ, त्यसैले केहीले आफ्ना बच्चालाई बाहिरै राखेर पढाउन लागेका छन्’, लिखु तामाकोसी गाउँपालिका का वडाध्यक्ष सन्तोष पौडेलले भने

मैदानेमा धेरै घर पनि छैनन् त्यसैले सो गाउँको लागि छुट्टै विद्यालय, स्वास्थ्य चौकी लगायतको व्यवस्था हुन सकेको छैन गाउँमा जम्मा तीन घर छन्, त्यति घरको लागि छुट्टै व्यवस्था पनि गर्न नसकिने, उहाँहरू पनि पुर्खाको थाकथलो छाडेर हिँड्ने कुरा पनि भएन’, वडाध्यक्ष सन्तोषले भने

मैदानेमा एउटै बाबुका तीन भाइ छोराहरूको घर धनबहादुर मगर काजी, सोमवीर मगर सुब्बा जितबहादुर मगर सञ्चा, तीन भाइका घर गोठ छन् मैदानेमा सो गाउँको जमिन अति उब्जाउयोग्य मैदानेको आलु जिल्लामा नै कहलिएको त्यसैले पनि तीन भाइले सो गाउँ छाड्न सकेका छैनन्  

वडाध्यक्ष पौडेलकै अगुवाइमा बुधवार साँझ सो गाउँमा बिजुली बत्ती बलेको सो गाउँमा विद्युत पुर्याउने जिम्मा लिएको निर्माण व्यवसायीले घाटा हुने भन्दै काम गर्न आनाकानी गरेपछि निर्माण व्यवसायीका मान्छे लगाएर जनप्रतिनिधि तथा स्थानीयले समेत श्रमदान गरी गाउँमा बिजुली पुर्याएका हुन्

मैदानेमा वडा कार्यालयकै पहलमा मोटर बाटो पुगेको हिउँदमा जेनतेन मोटर चल्न सक्ने सो बाटोमा मोटर चढ्ने मान्छे नै नभएपछि सार्वजनिक यातायात चल्ने सम्भावना नै छैन त्यसले गर्दा वडाको केन्द्रसम्म हिँडेरै आउनुको विकल्प स्थानीयसँग छैन

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार