मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’

Ujyalosandeshonline 11013+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् । मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले विभिन्न कारणले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘महिलाहरुको अहिलेको अवस्थामा पनि यस्तै समस्या छ । महिलाहरु निरन्तर लागिरहँदा विवाह नगरुन्जेल सक्रिय, विवाह गरेपछि एउटा समस्या, बच्चा भएपछि थप समस्या, पारिवारिक झमेलाले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने अस्वथा छ । मन हुँदाहुँदै पनि पछाडि हट्नुपर्ने स्थिति हिजो पनि थियो आज पनि छ ।’

नेतृ शाक्यले पुरुषहरुलाई माथि उठाउन, नेतृत्वमा स्थायित्व गर्न, देशको प्रधानमन्त्री बनाउने सवालमा महिलाहरुले त्याग गरेको पनि बताइन् । उनले महिलाहरुको ठुलो संघर्ष र आटले देश खुल्ला राजनीतिक, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताइन् । 

‘संघर्ष गरेर राणा शासनविरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षाको हक, लोकतन्त्र वा प्रजातन्त्रको लागि जुन संघर्ष, आँट महिलाहरुले गर्नुभयो, निरन्तर लाग्नुभयो ।  त्यसको प्राप्तिले गर्दा आज यस ठाउँमा आइपुगेका छौ । हामी खुल्ला राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अब नेपालमा निरङकुशता र एकात्मक शासन व्यवस्था छैन,’उनले भनिन् । 

यस्तै कार्यक्रममा बोल्दै नेतृ शशी श्रेष्ठले साझा रुपमा एकतावद्ध भएर लागेकाले नै संविधान प्राप्त गर्न सफल भएको औंल्याइन् । उनले महिलाहरुको हक र अधिकारको लागि अझै पनि लडिरहनुपर्ने बताइन् ।

‘हामी सँधैभरी साझा मुद्दामा एकतावद्ध भएर लागेका कारणले गर्दा आजको यो उपलव्धि हो । यो संविधान हाम्रो साझा आन्दोलनको कारणले पाएको हो । ८ मार्च महिला अधिकारको कार्यक्रम गर्दा जेल परेका थियौ । आफ्नो अधिकारको लडाई निरन्तर लडिरहन पर्छ,’उनले भनिन् । 

यस्तै, कार्यक्रममा पूर्वमेयर विद्यासुन्दर शाक्यले इतिहास बिर्सिनु नहुने बताए । नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एव प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा साधना नामक पुस्तक समेत विमोचन गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार