मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

मन्त्री पाण्डेले भने, ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन्को केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको छ । विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’

उनले बौद्व धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको  सन्तुलन आवश्यक रहेको बताए । उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्को सोचलाई आत्मसात गर्दै लुम्बिनीको विकास र प्रवद्र्धनका लागि संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत बताए । 

एसियन बुद्विष्ट कल्चरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्न समेत टेवा पुग्न भन्दै मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने समेत बताए । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा थाईल्याण्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्व धर्मावलम्बीको उपस्थिति रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार