मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो : अध्यक्ष मगर

Ujyalosandeshonline 11474+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको टिप्पणी गरेका छन् । 

आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानवअधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे । 

उनले भने,‘सबै मानव अधिकार संरक्षणसम्बन्धी प्रवद्र्धनको लागि बढी ध्यान दिनुपर्छ । अधिकार संरक्षणमा कसरी अगाडि बढ्न सकिन्छ भनेर काम गरिरहेका छौं । सरकारले त राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्छ । संकुचन गर्न खोज्छ, त्यसैले यस विषयमा छलफल गर्नुपर्ने आवश्यक्ता छ ।’

उनले आयोगले भइरहेको ऐनमा सुधार,कर्मचारीहरुको ऐन र मानव अधिकार रक्षकहरु सम्बन्धी तीनवटै ऐन बनाउनुपर्ने अवस्था भएतापनि तीनवटा ऐन बनाएर लैजान नसकिने बताए । उनले तीनवटा ऐन छुट्टै लैजाँदा अफठ्यारो भएका कारण तीनवटै ऐनलाई एकैठाउँमा लिएर जाने बताए । 

उनले भने,‘राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै ऐन बनाउनु पर्नेछ । भइरहेको ऐनमा केही सुधार गर्नुपर्ने छ । त्यस्तै कर्मचारीहरुको ऐन, मानव अधिकार रक्षक सम्बन्धी ऐनपनि ल्याउनुपर्ने अवस्था छ । तीनवटै ऐनलाई एकैठाउँमा राखेर अघि बढ्नुपर्नेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार