मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |
मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |


मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

Ujyalosandeshonline 11084+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा  सुदन किरातीले  आफ्नो कार्यविवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् ।

बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका हुन् । एक  वर्षमा पात्रोमा घोषित बिदा मात्रै ९१ वटा र अन्य बिदा थपिएर एक सय दिन सार्वजनिक बिदा मनाएको उल्लेख गर्दै किरातीले त्यसको बाबजुद पनि औसतमा साढे दुई दिनमा एउटा सानोठूलो काम सम्पन्न गरेको दाबी गरे । 

उनले आफ्नो कार्यकालको प्रारम्भिक तीन महिनामा अत्यन्तै सानो कामबाट सम्पदा सुधारको प्रयास गरेको, दोस्रो चरणमा नौ महिनाभित्रमा मध्यम स्तरको कार्यक्रमको थालनी गरेको र त्यसले परिणाम दिने चरणमा भएको बताए । 

उनले केही कानुनको तर्जुमा, सुधार र नियमालीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढाएको, दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेन्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउन्डेड नेवानीको ट्वीन अटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ गरी ६ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानिको साँवा–ब्याजको चार अर्ब किस्ता तिरेको लगायतका विभिन्न १०१ कामलाई एक वर्षे उपलब्धिका रुपमा गन्ती गरेका छन् ।

मन्त्री किरातीले भने, ‘हामीले मध्यमस्तरको कार्यक्रममा हात हाल्यौं, त्यसमा परिणाम आउन अझै बाँकी छ । तर, कामलाई पाइपलाइनमा हालिसकेका छौं । दुर्गम क्षेत्रमा उडान भर्ने साना ३ वटा जहाज खरिद प्रकृया अगाडि बढाएर आज अन्तिम चरणमा पुगेको छ । १२ वर्षदेखि ग्राउण्डेड भएको ट्वीन अटर जहाजलाई अबको एक महिनाभित्र मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउँदैछौं । त्यसपछि हामीसँग ६ वटा साना जहाज हुनेछन र २३ वटा घाम तापेर बसेको दुर्गम क्षेत्रको विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न यी विमान आइसकेपछि हामी सक्षम हुन्छौं ।’ 

वर्षौदेखि पत्रपत्रिकाले लेखेको, संसदमा उठेको र नेताले नै भाषण गर्दै हिँडेको सेतो हात्ती भनिने निगमका ग्राउन्डेड चिनियाँ जहाजहरुलाई निकास दिने गरी टेण्डर प्रकृयामा अगाडि बढाइएको उनले बताए ।

त्यस्तै उनले विभिन्न विमानस्थलको स्नरोन्नति, व्यवस्थापन र टर्मिनल भवन निर्माणको कार्यलाई पनि आफ्नो उपलब्धिको सूचीमा राखेका छन् । सम्पदा क्षेत्रमा भने पशुपतिनाथको सरसफाइ, जग्गाको हाल साबित र हराएको जग्गा खोजी गरिरहेकोदेखि लुम्बिनीको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेशको अन्तिम चरणमा पुगेको समेत उल्लेख छन् ।

मन्त्री किरातीले अनुसन्धान तथा नवप्रवर्तन, सांस्कृतिक कूटनीति, प्रणालीगत सुधारजस्ता क्षेत्रमा गरेका कामको फेहरिस्तमा पशुपति विश्वविद्यालय स्थापनाको लागि अध्ययन अगाडि बढाएको देखि नयाँ पर्यटकीय गन्तव्यहरु निर्माणका लागि पुराना साँस्कृतिक गाउँहरुको विवरण थयार गर्न अध्ययन कार्य अगाडि बढाएको कुरा सम्म समेटिएका छन् । 

उनका अन्य काममा हिमाल सरसफाइको ३ वर्षे रणनीतिक योजना तयार पारेको, जुगल हिमशृंखलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको, सगरमाथाबाट प्याराग्लाइडिङ र स्काई डाइभिङ सफल परीक्षण, ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको चिनारी (प्रोफाइल) तयार पारिएकोदेखि विभिन्न देशसँग हवाई सम्झौता सम्पन्न गरिएको कुरा एक वर्षे कार्यप्रगति (रिपोर्ट कार्ड) मा उल्लेख छ । 

होटल व्यवसायलाई पनि उद्योगकै रुपमा लैजानेतर्फ जोड दिदै त्यसमा छलफल गरिरहेको उनले बताएका छन् । आफ्नो कार्यकाल सम्हालेपछि घोषणा गरेको विदेश नजाने निर्णयलाई अबको एक वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता मन्त्री किरातीले जनाए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार