मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘आफ्नालाई संरक्षण गरेर सरकारले विपक्षीप्रति प्रतिशोध साँध्यो’

Ujyalosandeshonline 11005+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरुलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन् ।

उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको थियो । अहिलेको सरकार त पछिल्लो समय विपक्षी दलका नेताहरुलाई छानि छानि मुद्दा लगाउने र आफ्नै नेताहरु जोगाउने काम गरिहरेको छ । म ति नामहरु भन्न पनि तयार छु । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतकाहरुलाई संरक्षण गरेर खुला रुपमा राखेको छ ।’

त्यस्तै उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठिक विपरित दिसामा गइरहेको उल्लेख गरे ।

‘हामी पूरै दृढताका साथ के भन्न सक्छौं भने माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि दृढताका साथ लागि परेको थियो । अहिलेपनि देशव्यापी रुपमा हाम्रा कार्यकर्ताहरु चाँही जनताको खोज, उद्धार, राहत तथा पुर्नस्थापनामा समेत खटिरहनुभएको छ । पहिलेका सरकारले गरेका कामहरुको बारेमा धेरै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यति भन्दा पनि पुग्छ जस्तो लाग्छ ,’उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार