मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुख्यमन्त्री सिंहको अभिव्यक्तिप्रति शिक्षक संघको काउण्टर

Ujyalosandeshonline 12437+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिनु हास्यास्पद र दोषपूर्ण रहेको नेपाल शिक्षक संघ मधेश प्रदेश समितिले टिप्पणी गरेको छ । शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि मुख्यमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भय रहित वातावरणमा परीक्षा सञ्चालन गर्ने हाम्रो पनि चाहना रहँदा रहँदै पनि मधेश प्रदेश सरकारले नियम विपरीत परीक्षा सञ्चालन गर्न खोज्नु हास्यापद र दोषपूर्ण रहेको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीषकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखि परीषाको मुखमा गोलाप्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो सम्वेदनशीलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भत्र्सना गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथावाट हुनुपर्ने नत्र हामी एसईई परीक्षाको कार्यबाट बाहिरिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार