मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४७, २०८१÷८२ मा ९९ र २०८२÷८३ मा ८८ जनाले सिफारिस लिएका हुन् । स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार मुटु, मिर्गौला, क्यान्सर, टाउको तथा मेरुदण्डसम्बन्धी समस्या, सिकलसेल एनिमिया, अल्जाइमर्स र पार्किन्सन्सका बिरामीले स्थानीय तहको सिफारिसमा सरकारले तोकेका अस्पतालबाट उपचार सेवा लिन सक्छन् ।

यसअन्तर्गत सङ्घीय सरकारले एक लाख र लुम्बिनी प्रदेश सरकारले थप दुई लाख रुपैयाँसम्म उपचार सेवा उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । सिफारिसका लागि सम्बन्धित रोगको प्रमाणित कागजात आवश्यक पर्नेछ । लुम्बिनी प्रदेशमा विपन्न नागरिक उपचार कार्यक्रमका लागि २० अस्पताल तथा उपचार केन्द्र तोकिएका छन् । तीमध्ये भेरी अस्पताल नेपालगन्जलाई विभिन्न रोग तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा, सिद्धार्थनगर सिटी हस्पिटल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताललगायतलाई रोगअनुसार डायलाइसिस, मुटुरोग, सिकलसेल एनिमिया, क्यान्सर तथा अन्य उपचार सेवाका लागि मान्यता दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार