मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महाकालीमा पानीको बहाव वर्षकै उच्च

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

महेन्द्रनगर। महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । 

“बेलुकी ६ः०० बजेको मापनमा जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक थियो । अहिले एक लाख ८१ हजारमा झरेको छ,” उहाँले भन्नुभयो, “पानीको बहाव बढेसँगै आज दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारी चल्ने सकेनन् ।”महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्सातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउनु परेको भारतीय पक्षको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो भेगमा वर्षा हुँदा महाकालीमा जलस्तर बढ्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार