मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ माघ २०८२, बुधवार

रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउयन अनुरोध गरेको हो । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन् । 

यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताउनुभयो । हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो । यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुमपूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ । काठमाडौँबाट रुकुमपूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन् । 

गएरातिदेखि हिउँमा फस्दा चिसो र भोकले समस्यामा परेको काठमाडौँबाट रुकुम पश्चिम जान लाग्नुभएका यात्रु किरण शर्माले बताउनुभयो । उहाँका अनुसार वरपर पनि होटेल नभएकाले बसबाट झरेर एक घण्टा पैदल हिँडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउ÷बिस्कुट किनेर खाने बाध्यता छ । सबै यात्रु सिमानामा पुग्न सक्ने स्थिति पनि नभएको उहाँले बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्नका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार