मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’

Ujyalosandeshonline 11024+ समाचार ( )
७ असार २०८२, शनिबार

दोलखा । पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ । बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो । 

कार्यक्रमको समापन गर्दै गौंरिशङ्कर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे । उनले भने,‘पाँच गतेदेखि सुरु भएको यस संवादले साझा संकल्पसहित समापन गरेका छौं । यो एउटा सुरुवात मात्र हो । तर यो संकल्प एउटा इतिहास बन्नुपर्छ । साथै यसको पूर्ण कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’

कार्यक्रममा दोलखाकी सगरमाथा आरोही तथा २०७५ सालकी मिस शेर्पा दाफुटी शेर्पालाई सम्मानसमेत गरियो । समाज सेवा र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै उनले जलवायु परिवर्तनले हिमाल चढ्न पहिलेको तुलनामा जोखिमपूर्ण बन्दै गइरहेको बताइन् । 

‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’उनले भनिन् । कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तन जस्ता जोखिमहरुको न्यूनिकरण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार