मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ पौष २०८०, शनिबार

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु हुँदा खेल ४२ ओभरमा झारिएको थियो । 

जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १११ रन बनाएको थियो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । 

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुम्बिनीलाई जित दिलाउन मृनल गुरुङले ४७ रनको पारि खेल्दा मोहमद हुसेनले २१ रन बनाए । यस्तै विराट भण्डारीले १० तथा कृष्ण कार्कीले ९ रन जोडे । कप्तान सुशान्त थापा २ रनमा आउट भएका थिए । गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार