मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अफर आएपछि मात्रै निर्णय गछौं : मनिष सुमन

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीहरुको नाम टुंग्याउने हेतुले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरुले सुझाएका छन् ।

बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा मधेश प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भएपनि मन्त्रालयको भागवन्डाको विषयले छलफलमा चर्को रुप लिएको एक नेताले बताए ।

यादवलाई उपप्रधानमन्त्री दिने र मधेश प्रदेश सरकारको निरन्तरता सुनिश्चित गरे सरकारलाई साथ दिने मोडमा पुगेका यादवमाथि केही नेताहरुले पदको पछाडि नलाग्न आग्रह गरे ।  

बैठकमा सहभागी नेताहरुले अहिलेको अवस्थामा मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो हातबाट फुत्काउन नहुने धारणा राखेपनि अध्यक्ष यादवमाथि सरकारलाई सहयोग गर्ने सम्बन्धमा हतार गरेर निर्णय नगर्न दबाब बढाएको ति नेताले जानकारी दिए ।

तर,उक्त विषयमा प्रवक्ता मनिष सुमन भन्छन्,‘मधेश प्रदेशमा हाम्रो सरकारको निरन्तरता छलफलको विषय थियो । तर, गठबन्धनबाट अध्यक्षलाई उपप्रधानमन्त्रीको अफर नै आएको छैन् । उपप्रधानमात्रै होइन हामीलाई कुनै पनि मन्त्रालयको अफर अहिलेसम्म आएको छैन् ।’

सम्भावित मन्त्रीहरुको नाम टुंग्याउन सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो बालुवाटारमा बस्दैछ ।

जसपाले कतिवटा मन्त्रालयमा दाबी गरिरहेको छ भन्ने प्रश्नमा प्रवक्ता सुमनले भने, ‘मधेश प्रदेश सरकारको सुनिश्चितता हाम्रो चासो हो । बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा के कस्तो अफर उताबाट आउँछ त्यसपछि हामी निश्चित गछौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार