मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३ सय शैय्याको बनाइने

Ujyalosandeshonline 11009+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गरेका थिए । 

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा स्वासप्रस्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । 

डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको स्वासप्रस्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० जनरल वार्ड मात्र छन् । जसका कारण स्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन ।

डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा. श्रेष्ठले बताए । अस्पतालले थप सात सय शैय्यासहित एक हजार शैय्या बनाउने दीर्घकालिन लक्ष्य राखेको छ । यसका लागिसमेत थप पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार