मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
४ असार २०८३, बिहीबार

सिद्धार्थनगर (भैरहवा) । रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा छ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो । प्रहरीले पक्राउ परेकामध्ये ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली शुआनहेई, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटीएम, मोबिक्विक तथा फोनपेलगायतका डिजिटल भुक्तानी तथा क्रिप्टोकरेन्सी एप्स र वेबसाइटमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइ छ । घटनास्थलबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको छ । बरामद सामग्रीको परीक्षण तथा डिजिटल प्रमाण सङ्कलन गरी थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गरिसकेको अवस्थामा त्यससम्बन्धी गतिविधि गर्ने वा गराउनेमाथि कानुनी कारबाही हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार