मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

Ujyalosandeshonline 12442+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

सर्लाही । सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।

मलंगवा नगर संरक्षण तथा सुधार समितिले बिहान प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो । प्रदर्शन बालमन्दिर चौकबाट टायर बाल्दै सुरु भएको थियो । त्यसपछि प्रदर्शनकारीहरूको समूहले अस्पतालको प्रशासनिक भवन अगाडि पुगेर नाराबाजी गर्दै विवादित मनोनयन तत्काल खारेज गर्न माग गरेको थियो । समितिले सरकारको कदमले सर्वोच्च अदालतको आदेशको प्रत्यक्ष उल्लंघन गरेको आरोप लगाएको छ ।

समितिका पदाधिकारी चन्दन सिंह राजपुतका अनुसार ‘अदालतले निर्णय नदिन भनेको अवस्थामा यस्तो मनोनयन गर्नु पूर्ण रूपमा गैरसंवैधानिक हो । नियुक्त व्यक्तिहरूले पदभार ग्रहण गर्नु हुँदैन, र हामीले नगराउन चाहन्छौँ,’ भन्दै उनले मनोनयन नहटाए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिए ।

निबर्तमान मुख्यमन्त्रि यादवले विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार दिउँसो राजीनामा दिएका थिए। निवर्तमान मुख्यमन्त्री यादवले राजीनामा दिनुभन्दा अघिल्लो दिन प्रादेशिक अस्पताल मलंगवाको व्यवस्थापन समितिको मनोनयन गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार