मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘मधेसी शक्तिहरु बीच सहकार्य हुनुपर्नेमा जोड’

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं । मधेस मूलका नेताहरुले मधेसी राजनीतिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।मंगलबार काठमाडौंमा मधेसी एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेसी शक्तिमा सहकार्य आवश्यक रहेको औलाएका हुन् । 

कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिको बीचमा एकता नै रहेको बताए । उनले केही समय अगाडि सम्पन्न आइपीएल मा जनकपुर बोल्र्टसका खेलाडीहरुमा माथि धोती शब्दको प्रयोग गरी अपमान गरिएको भन्दै आपत्ति समेत जनाए । 

उनले भने,‘हाम्रो सारा मधेस आजको दिनमा मधेसी शक्तिको बीचमा एकता चाहन्छ । किर्तिपुरको क्रिकेट मैदानमा धोती याद दिलाई दिए । सन्देश त पूरै देशमा गयो नि । के अपराध थियो र ती युवाहरुको काठमाडौंमा खेल्न आए जित हासिल गरे । मधेसी नौं जवान भएकै कारण उसको बेइजत गर्न के जरुरी थियो र ?’

त्यस्तै अर्का नेता हृदयेश त्रिपाठीले मधेसी नेताको गल्तीको कारणले नै पछाडी परेको बताए । उनले भने,‘हाम्रो नै केही मधेसी नेताको गल्तीको कारणले नै हामी पछाडी परेको हौं । यो अवस्था आएको हो । हामी बञ्चीत हुनु पुग्यौं ।’अहिले सहि दिशा पहिल्याउन नसक्दा मधेस वास्तवमा नै गोल चक्करमा घुमि रहेको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार