मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

पालिका अध्यक्षले एकल महिलाका लागि बनाइदिए घर

Ujyalosandeshonline 11479+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

मनहरी । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन् । उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी–५, बसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् । उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् ।

लामो समयदेखि राई मनहरी–५ बसन्तपुरमा आवासविहीन अवस्थामा रहँदै आइरहेकी थिइन् । राईको परिवारमा उनीबाहेक कोही नरहेको बताउँछिन् । करिब आठ वर्ष अगाडि श्रीमान नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएको उनले बताइन् ।

निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकमको कोष बनाएर जम्मा गर्दै आएका छन् । आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवामा उक्त कोषबाट रकम खर्चिने प्रतिवद्धता उनले गरेका छन् । उक्त कोषबाट राईको घर निर्माण गर्न २ लाख १५ हजार रुपैयाँ खर्च लागेको अध्यक्ष कालाखेतीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार