मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कञ्चनमा लागु पदार्थ दुरब्यसनी बिरुद्धको ३ दिने सचेतना कार्यक्रम शुरु

जगीलाल थापा 30+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

कञ्चन । रुपन्देही कञ्चन गाउँपालिका -१ को कार्यालयले वडाका सामुदायिक विद्यालययहरुमा लागु पदार्थ दुर्व्यसनी बिरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको छ। तालिममा ईलाका प्रहरी कार्यालय रुद्रपुरमा प्रहरी निरीक्षक अनिश खडकाले लागु पदार्थ दुर्व्यसनीबारे प्रशिक्षण दिनु भएको छ।

कार्यक्रमको पहिलो दिन प्रगती माध्यमिक विद्यालय, कञ्चन -१ बेलभरियामा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुका लागि लागु पदार्थ सेवनले मानसिक, शारीरिक, सामाजिक, पारिवारिक, आर्थिक तथा सांस्कृतिक रुपमा पार्ने असरका बारेमा अभिमुखीकरण गरिएकको छ।

कार्यक्रमको शुभारम्भ गर्दै वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले सभ्य समाजको बाधकको रुपमा रहेको लागु पदार्थ दुर्ब्यसनी निर्मुल पार्न चुनौती भएपनि समस्याको समाधान गर्ने कुरा कुनै असम्भव नरहेको कुरा बताउनु भयो। कञ्चनलाई लागु पदार्थ दुर्ब्यसनी रहित बनाउने पालिकाको नीति तथा कार्यक्रम अन्तर्गत वडाले वडाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई केन्द्रित गरेर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष थारुले बताउनु भयो।

कार्यक्रममा स्वागत गर्दै वडा सदस्य लेखा राहादीले किशोर किशोरीहरु अवस्था भनेको विभिन्न नकारात्मक सोंच र चिन्तनहरुबाट संक्रमित भई कुलत बाटोमा डोरिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय केन्द्रित सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो।

कञ्चन गाउँपालिका - १ का वडा अध्यक्ष हरिनारायण थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मधुकला घर्तिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । वडाको आयोजना तथा ईलाका प्रहरी कार्यालय, रुद्रपुरको समन्वयमा सञ्चालन भएको सचेतनामुलक कार्यक्रम दुर्गा माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा समेत सञ्चालन हुने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार