मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

‘कांग्रेस विधान धारा १६ को (च) जनसम्पर्क समितिको हकमा लागु गर्नुपर्छ’

Ujyalosandeshonline 11011+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका जनसम्पर्क समितिका सभापति र पदाधिकारीले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई ज्ञापन पत्र बुझाएका छन् । 

फागुन ७–१० मा सम्पन्न महासमितिको बैठकमा सहभागि हुन आएका जनसम्पर्कका सभापति र पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन् । महासमितिको बैठकमा लुम्बिनी प्रदेश सभापति पुनको नेतृत्वको समूहमा रहेर छलफल गरेका उनीहरुले आफ्ना हक अधिकारबारे ज्ञापन पत्रमा उल्लेख गरेका हुन् ।

काठमाडौंमा भएको छलफलमा सहभागी विभिन्न देशबाट आएका जनसम्पर्क समितिका सभापतिहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेसको विधानको धारा १६ को (च) जनसम्पर्क समितिको हकमा पनि लागु गर्नु पर्ने माग राखेका छन् ।

जस अनुसार, नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन आउने जनसम्पर्क समितिका प्रतिनिधिहरुलाई केन्द्रीय नेतृत्वका लागि समेत उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था गर्न माग गरिएको छ । 

यसैगरी नेपाली जनसम्पर्क समितिलाई ६ महादेशस्तरमा संरचना निर्माण गरी प्रत्येक महादेशबाट न्यूनतम एक– एक केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव गरेका छन् । यस्तै, नेपाली कांग्रेसको विधान को धारा ५ को (ग )३ मा व्यवस्था भए बमोजिम जनसंपर्क समितिबाट महाधिवेशन र महासमितीमा भाग लिने प्रतिनिधिहरुलाई सम्बन्धित जिल्लाको जिल्ला कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा भाग लिन पाउने वैधानिक व्यवस्था गर्न पनि माग गरिएको छ ।

नेपाली जनसम्पर्क समिति सम्बन्धी पार्टीले स्वीकृत गर्ने विधानमा एकरुपता कायम गर्न माग गर्दै सबै जनसम्पर्क समितिको कार्यकाल पार्टीको मूल विधानको कार्यकालसंगै चार वर्ष कायम गर्न पनि उनीहरुको माग रहेको छ । साथै, नेपाली कांग्रेसले आफ्ना तर्फबाट गर्ने कुनै पनि राजकीय र शासकीय लाभ र नियुक्तिका लागि जनसम्पर्क समितिको सिफारिशलाई प्राथमिकतामा राख्न माग गर्दै विभन्न देशमा अवैतनिक दूत÷प्रतिनिधि नियुक्त गर्दा संगठनको संरचनामा क्रियाशील रहेका साथीहरुलाई समेट्न पनि सुझाव दिएको जनसम्पर्क समिति स्पेनका संस्थापक सभापति चिन्तामणी सापकोटाले जानकारी दिए ।

पार्टीमा रहेको दोश्रो दर्जाको क्रियाशील सदस्य सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै नेपालको मूल कानुन र पार्टीको आन्तरिक विधानको पूर्ण सम्मान र परिपालन सम्बन्धी व्यवस्थाका लागि अझ व्यापक छलफल गरेर अघि बढाउन आग्रह गरेको जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धिप्रकाश वलीले जानकारी दिए ।

जनसम्पर्क समन्वय विभाग गठन गर्दा विभागमा मनोनित हने सदस्यहरुका हकमा जनसम्पर्क समितिकै सदस्यहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने, संविधान प्रदत्त मताधिकारका लागि नेपाली कांग्रेसको यसै महासमिति भेलाले आगामी आम निर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकहरुले मताधिकार प्रयोग गर्न पाउने गरी काम गर्न नेतृत्व लिनुपर्ने सुझाव पनि ज्ञापन पत्रमा उल्लेख गरेको जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेले बताए ।    

लुम्बिनी प्रदेश सभापति पुनले जनसम्पर्क समितिबाट आएका सुझावहरु पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने र विधान बनाउने बेलामा आफूहरुले ती सुझाव कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नेपाली कांग्रेसका ४१ देशमा जनसम्पर्क समिति क्रियाशील रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार