मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्छ : मन्त्री तामाङ

Ujyalosandeshonline 11009+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेश समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शनिबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक विचार आफ्नो ठाउँमा भए पनि सामूहिक काममा सामूहिक हिसाबले लाग्नुपर्ने बताएका हुन् । विकासको काममा सबैले सघाउनुपर्ने तामाङको भनाइ छ । 

आफ्नो मन्त्रालयले विद्युत् सिँचाइको काम गर्ने बताउँदै तामाङले देशका कुनै पनि विपन्न बस्तीमा विद्युत् पुगेको छैन भने विद्युत् प्राधिकरणले आफ्नै खर्च गरेर बिजुली पु¥याउने उनले जानकारी दिए । त्यस्ता बस्ती कतै छुटेका छन् भने आफूलाई जानकारी दिन तामाङले आग्रह गरे । ‘गरिबको घरमा बत्ती बाल्ने जिम्मा सरकारको हो, सरकार केका लागि ? जनताको लागि, सरकार कसको लागि जनताको’, उनले भने । 

उनले पत्रकारलाई सत्य तथ्य कुरा लेख्न र बोल्न आग्रह गरे । पत्रकारलाई गलत नियत राखेर कसैलाई दुःख नदिन पनि आग्रह गरे । मानवीय रूपमा कनै कमी कमजोरी भएको रहेछ भने पनि पहिला सतर्क र सचेत गराई त्यसपछि मात्र सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिदिन उनले सुझाव दिए ।

‘पहिला सम्झाउनुहोस्, सुझाव दिनुस्, त्यसो गर्दा पनि मानेनन् भने बल्ल सार्वजनिक गर्नुहोस्, पत्रकारको काम नागरिकलाई बचाउने हो, कसैलाई मार्ने होइन, समाज बनाउने हो, बिगार्ने होइन’, उनले भने । 

सामाजिक सञ्जालमा भइरहेको छाडातन्त्रलाई रोक्न सरकारले कानुन ल्याउन लागेको पनि उनले बताए । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई जेल सजायसम्म हुने कुरा तर्फ सचेत हुन पनि उनले आग्रह गरे । उनले पत्रकारलाई इमानका साथ काम गर्न पनि आग्रह गरे । यसरी काम गर्दा समाज र सरकारले पत्रकारिता क्षेत्रलाई आवश्यक सहयोग गर्ने उनले विश्वास दिलाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार