मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जिनियस टक शो को चौथो संस्करण ७ गते

Ujyalosandeshonline 12431+ समाचार ( )
४ जेठ २०८२, शनिबार

भैरहवा । युवाहरुको जिवनमा सकारात्मक परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्य सहित भैरहवामा “जिनियस टक शो” को चौथो संस्करण हुने भएको छ । कार्यक्रम यहि जेठ ७ गते टाईगर प्यालेस बाई सोल्टीमा आयोजना हुने आयोजकले जानकारी दिएका छन् । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्य सहित शनिबार भएको पत्रकार सम्मेलनमा आयोजक जिनियस बीजलाईफ र जिनियस टकका संस्थापक कृष्ण साह कानुले युवाहरुको लागि नयाँ विचार र उत्प्रेरणाको लागि कार्यक्रम आयोजना गर्न लागेको बताए । “अहिलेको तनावपूर्ण जिवनशैलीमा प्रेरक व्यक्तिहरुको भनाईबाट प्रभावित भएर ब्यक्तिले सफलताको बाटो रोज्न सकुन भनेर रुपन्देहीका युवा युवतीहरुलाई लक्षित गरि कार्यक्रम ल्याएका छौं ।” साहले भने “जिल्लाभरिमा अध्ययनरत छात्रछात्रा संगै अन्य युवाहरु पनि कार्यक्रममा सहभागी हुन पाउने छन् ।” 

जिनियस बीजलाईफ र जिनियस टक संस्थाको आयोजनामा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय जीवन उत्प्रेरक वक्ता (ईमेजिन टु क्रिएसन) का ईमरान खाँन, ड्याडिज ग्रुपका संस्थापक कमलजंग कुंवर (व्यवसायीक धारणा कसरी बनाउने), तनाव ब्यवस्थापन प्रशिक्षक बिदुर फुयाँल (उत्कृष्ट जिवनपथ कसरी रोज्ने), टेन गु्रपका प्रवन्ध निर्देशक धिरज कुमार अग्रवाल (सफलताको यात्रा) र अन्तर्राष्ट्रिय प्रखर कथा वाचक बालव्यास श्रवण न्यौपाने प्रमुख वक्ताको रुपमा रहेको साहले जानकारी दिए । उनले अहिले बिद्यालय स्तरको परिक्षा दिएर बसेको विद्यार्थीहरु लक्षित गरि कार्यक्रम ल्याएको हुदा यसको प्रवेश शुल्क ३ सय रुपैया मात्र तोकिएको बताए । 

रुपन्देही स्थित जिनियस बीजलाईफ र जिनियस टक संस्थाले लामो समय देखि बालक, किशोर तथा युवाको जीवनशैली रुपान्तरण गरेर उनिहरुलाई सफलतान्मुख बनाउन बिभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको साहले बताए । उनले संस्थाले यस अघि भैरहवाको पौवा होटलमा पहिलो संस्करण, एशियन बुद्ध होटलमा दोश्रो संस्करण, टाईगर प्यालेसमै तेश्रो संस्करण सम्पन्न गरिसकेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार