मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भरुवा बन्दुक र बारुद सहित नवलपरासीबाट दुई जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
७ जेठ २०८३, बिहीबार

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रहरीले एक नाले भरुवा बन्दुक र बारुद सहित दुई जनालाई पक्राउ गरेको छ । बर्दघाट नगरपालिका वडा नं. ४ शिवशक्ती टोलमा आफ्नै घर अगाडि बन्दुक पड्काएर जङ्गलतर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय विजय पौडेल र वडा नं. २ चिसापानी बस्ने ५० वर्षीय बखत राना रहेका छन् । पौडेलले घर अगाडि बन्दुक पड्काएर साथीसँग पारिजात जङ्गलतर्फ गएको स्थानीयको सूचनाका आधारमा जिल्ला र इलाका प्रहरी कार्यालय बर्दघाटको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरीले उनीहरूलाई बर्दघाट-४ मर्चाघोलाबाट नियन्त्रणमा लिएको हो । खानतलासका क्रममा पौडेलको साथबाट १ थान भरुवा बन्दुक र रानाको साथबाट ७४ वटा छर्रा तथा २ बट्टा बारुद बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सोम दास ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार