मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

हेभिवेट नेतालाई हराउँदै रुपन्देही-५ मा रास्वपाका तौफिक अहमद खान भारी मतान्तरले विजयी

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान भारी मतान्तरका साथ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खानले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २५ हजार ७ सय ६ मतको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित दर्ता गराएका हुन् । विजयी उम्मेदवार खानले कुल ३८ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा रास्वपाका उम्मेदवारले पुराना र स्थापित राजनीतिक दलका चर्चित नेताहरुलाई पछि पारेका छन् । खानका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवं राष्ट्रिय सभाका सदस्य समेत भइसकेका खिमलाल भट्टराईले १३ हजार १ सय मत मात्र प्राप्त गरे । त्यसैगरी, पूर्वअर्थराज्यमन्त्री तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका पूर्वसभापति समेत रहेका नेपाली कांग्रेसका नेता भरतकुमार शाह १२ हजार ६ सय २४ मत ल्याउँदै तेस्रो स्थानमा सीमित भएका छन् ।

त्यस्तै, पूर्ववनमन्त्री समेत रहेका नेकपाका उम्मेदवार मुहम्मद वकील मुसलमानले जम्मा ६ हजार १ सय ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुपन्देही क्षेत्र नम्बर ५ मा कुल १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका थिए । जसमध्ये ८४ हजार ८ सय ३८ जना मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए । पुराना दलका प्रभावशाली मानिएका उम्मेदवारहरुलाई फराकिलो मतान्तरले हराउँदै रास्वपाका खानले निकालेको यो नतिजालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार