मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अर्घाखाँचीमा निर्वाचन लक्षित सर्वदलीय अन्तरक्रिया सम्पन्न : शान्तिपूर्ण चुनाव गर्न दलहरू प्रतिबद्ध

अनिल नेपाली 141+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

अर्घाखाँची । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूसँग निर्वाचन सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा कसरी सम्पन्न गराउने भन्ने विषयमा सरोकारवालाहरूबीच विस्तृत रूपमा छलफल भएको थियो।

विशेषगरी निर्वाचन आचारसंहिताको पूर्ण पालना, चुनाव प्रचारप्रसार गर्दा अपनाउनुपर्ने मर्यादा, मजबुत सुरक्षा व्यवस्थापन र राजनीतिक दलहरूबीच हुनुपर्ने आपसी समन्वय तथा सहकार्यका विषयमा सहभागीहरूले गम्भीरतापूर्वक आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण ढंगले सम्पन्न गर्न स्थानीय प्रशासनलाई आफ्नो तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, जिल्ला प्रशासन कार्यालयको तर्फबाट पनि आम नागरिकलाई आश्वस्त पार्दै निर्वाचन अवधिभर आवश्यक पर्ने सबै प्रकारका सुरक्षा तथा व्यवस्थापकीय तयारीहरू पूर्ण रूपमा चुस्त दुरुस्त राखिने जानकारी गराइएको छ। यस अन्तरक्रियाले जिल्लामा निर्वाचनको माहोललाई शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार