मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

फाइभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ असार २०८२, आइतबार

काठमाडौं । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरि नेपाल आर्मी प्रथम भएको हो । सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६—० र सुदुर पश्चिमले गण्डकीलाई २—१ गोल अन्तरले पराजित गरि फाईनल पुगेका थिए ।  

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम वीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नु भएको थियो भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशीका एस के वेष्ट स्कोरर हुदाँ प्लेयर अफ दि टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन् ।यस्तै बेष्ट डिफेन्डरमा सुदुर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भईन भने नेपाल आर्मीकी कुश्मा रानामगर बेष्ट गोल्डकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन् । विधागत उत्कृष्ट भएका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार