मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

रुपन्देही निर्वाचन क्षेत्र नं. १ : सुनिल लम्साल ४३ हजारभन्दा बढी मतान्तरले अगाडि

Ujyalosandeshonline 11026+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाममा नयाँ विकल्पका रूपमा उदाएको 'घण्टी' चुनाव चिह्नले आफ्नो सानदार अग्रतालाई अझ फराकिलो बनाएको छ। परम्परागत ठूला राजनीतिक दलहरूलाई निकै पछाडि छाड्दै घण्टीले यस क्षेत्रमा आफ्नो वर्चस्व कायम गरेको हो।

साँझ ५:१२ बजेसम्मको पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा कुल ९७ हजार मतगणना सम्पन्न भइसकेको छ। जसमध्ये घण्टी चुनाव चिह्न भएका उम्मेदवार सुनिल लम्सालले ५५ हजार ७ सय ५७ मत प्राप्त गर्दै पहिलो स्थानमा आफूलाई निकै मजबुत बनाएका छन्। उनलाई नेपाली कांग्रेसको 'रूख' चुनाव चिह्नले १२ हजार १ सय ४७ मतका साथ पछ्याइरहेको छ। पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीचको मतान्तर नै ४३ हजारभन्दा बढीको निकै फराकिलो देखिएको छ।

यता, देशका प्रमुख र लामो इतिहास बोकेका अन्य ठूला राजनीतिक दलहरूको अवस्था भने यस क्षेत्रको मतगणनामा निकै कमजोर देखिएको छ। तेस्रो स्थानमा रहेको 'हलो' चुनाव चिह्नले ८ हजार ४ सय १९ मत प्राप्त गरेको छ भने नेकपा एमालेको 'सूर्य' चिह्न जम्मा ७ हजार ९ सय ८० मतमा सीमित भएको छ। यो नतिजाले प्रमुख स्थापित दलका उम्मेदवारहरूलाई गम्भीर धक्का दिएको छ।

९७ हजार मतगणना भइसक्दासम्मको रुझानलाई विश्लेषण गर्दा रुपन्देही-१ का मतदाताले पुराना तथा स्थापित दलहरूलाई भन्दा नयाँ र वैकल्पिक शक्तिलाई अत्यधिक रुचाएको र स्पष्ट जनादेश दिएको प्रष्ट संकेत मिलेको छ। मतगणना कार्य निरन्तर जारी रहेको अवस्थामा घण्टीले कायम गरेको यो विशाल मतान्तरलाई पार गर्न अन्य दललाई असम्भव जस्तै देखिएको छ, जसले गर्दा अन्तिम नतिजाको औपचारिक घोषणाप्रति सर्वत्र चासो बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार