मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |
मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |


राजावादीको प्रदर्शन : १५ सवारी साधनमा क्षति, १४ स्थानमा आगजनी

Ujyalosandeshonline 12450+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले गरेको प्रदर्शन, तोडफोड र आगजनीबाट १५ वटा सवारी साधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आन्दोलनकारीहरुले सरकारी सवारी साधन नौं वटा, सरकारी÷निजी नखुलेको सवारी साधन ६ वटा गरी जम्मा १५ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेर क्षति पुर्याइएको हो । 

प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ । 

शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई हिंसात्मक गतिविधी गरेको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ,‘नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा भएको प्रदर्शनका क्रममा  निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढुङ्गामुढा गरेको, चलिरहेको गाडीले प्रहरीमाथि आक्रमण गर्नुका साथै निजी सम्पत्ति, अस्पताल, संचार गृह, प्रहरी कार्यालय, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायतका साधनहरुमाथि विभिन्न स्थानमा हिंसात्मक तोडफोड, आगजनी लगायत तीनकुनेस्थित एक घरमा भित्र मानिस भएकै अवस्थामा आगजनी गरी निजको मृत्यु समेत हुनेगरी अपराधिक घटनाहरु घटाएका हुन् ।’

सो क्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं ४ गाम्छा बस्ने २९ बर्षीय सबिन महर्जनको प्रदर्शनको क्रममा घाइते भइ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको र तीनकुने स्थित मार्वल हाउसमा मृत अवस्थामा पत्रकार सुरेश रजकको शव फेला परेको पनि प्रहरीले पुष्टि गरेको छ । 

घटनामा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरी बल, नेपालका २२ जना, प्रर्दशनकारीतर्फ ३५ जना घाईते भएको पनि प्रहरीले जनाएको छ । 

आगजनी भएको स्थानः

१. तीनकुने अन्नपुर्ण कम्प्लेक्स,

२.मार्वल हाउस, तीनकुने

३.कोटेश्वर महादेवस्थान ,

४. कार्गोको कम्पाउण्ड भित्र,

५. कोटेश्वर गणेश चोक,

६. भाटभटेनी नजिक सरकारी गाडीमा,

७. जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र

८. समाजवादी पार्टी कार्यालय,

९. बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो

१०. वानेश्वर पुल पारीपट्टि,

११. एयरपोर्टको फोहोरमा,

१२. ईन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल

१३. रोयल रेस्टुरेन्ट, सिनामंगल 

१४. एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगल

तोडफोड भएका संस्था एवं कार्यालय

१. अन्नपुर्ण मिडिया हाउस, तीनकुने

२. कान्तिपुर मिडिया हाउस, वानेश्वर

३. केएमसिअस्पताल, सिनामंगल

४. सिनामंगल स्थित डि.आई ए.अगाडी बन्दै रहेको नयाँ भवन

५. सिनामंगलमा रहेको नेपाल प्रहरीद्धारा जडित २ थान ऋऋत्ख् 

६. प्रहरी बिट सिनामंगल, भत्केको पुल

७. प्रहरी प्रभाग कोटेश्वर

८. ट्राफिक प्रहरी प्रभाग कोटेश्वर

९. समाजवादी पार्टी कार्यालय, बागमती करिडोर

तोडफोड तथा लुटपाट भएको स्थान

१. का.जि.का.म.नपा.३२ कोटेश्रर स्थित रहेको भाटभटेनी सुपर मार्केट


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार