मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

भैरहवामा जारी अन्तरविद्यालय क्रिकेट : मंगलबारका खेलमा जेसीज र नमूना माविको जित

Ujyalosandeshonline 11477+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा जेसीज सेकेन्डरी स्कूल र भैरहवा नमूना मावि विजयी भएका छन् । जेसीजले प्यारामाउण्ट बोर्डिङ हाई स्कूललाई ७ विकेटले पराजित गर्दा नमूनाले मोर्डन स्कूलमाथि ४ विकेटको जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले १८ ओभर २ बलमा अलआउट हुँदै ८४ रन बनायो । उसका लागि आर्यन भण्डारीले ३८ र अर्पण कोइरालाले ११ रन बनाए । बलिङमा जेसीजका अमितकुमार यादवले ४ र प्रथम जीएमले २ विकेट लिए ।

जवाफमा जेसीजले १२ ओभरमा ३ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमोज बस्यालले २६, शाही आलम अन्सारीले नटआउट १६ र सम्राट राईले १३ रन बनाए । बलिङमा प्यारामाउण्टका सुशान्त सिलवाल र दर्शन क्षेत्रीले १–१ विकेट लिए । जेसीजका अमितकुमार यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको मोर्डनले ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि समिर खानले नटआउट ७१, आर्यन चौरसियाले २४ र इरशाद खानले १८ रन बनाए । बलिङमा भैरहवा नमूनाका मेहताब आलमले ४ र सोमनाथ चौधरीले ३ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको भैरहवा नमूनाले १९ ओभर ४ बलमा ६ विकेटको नोक्सानीमा १ सय ६६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सोमनाथ चौधरीले नटआउट ३२, सत्यम हरिजनले २८, मेहताब आलमले १८ र तबराज इद्रिसले १५ रन बनाए । खेलमा नमूनाले ४८ रन अतिरिक्त पाएको थियो । बलिङमा मोर्डन स्कूलका दिलजन मोहमद र सदब खानले २–२ विकेट लिए । मेहताब आलम प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार