मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

‘सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन

Ujyalosandeshonline 11011+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरु नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा उनले, निजी क्षेत्र मैत्री ऐन कानुनहरु नबनेसम्म देश पनि नबन्ने भएकाले सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री हुनुपर्ने बताए हुन् । 

उनले भने, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन । निजी क्षेत्र मैत्री ऐन कानुनहरु बन्दैन र सरकारमा बस्नेहरुको नियतमा सुधार हुँदैन तबसम्म देश बन्दैन । त्यसैले सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री हुनुपर्छ ।’

अध्यक्ष लिङ्देनले जति सुकै ठूलो लगानी सम्मेलनको आयोजना गरेपनि लगानीमैत्री एने कानुन निर्माणल नभएसम्म लगानीकर्ता नेपालमा लगानी गर्न नआउने धारणा राखे । अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरु पूरा भए नभएको समिक्ष गर्नकासाथै देश लगानीको लागि तयार छ कि छैन् भन्ने कुराको टुङ्गोमा पहिला पुग्नुपर्ने उनको भनाई छ । अघिल्ला लगानी सम्मेलनमा भएका प्रतिबद्धता पूरा नभएको स्मरण गराएका लिङ्देनले देशमा लगानी मैत्री वातावरण निर्माणको लागि तयार भए नभएकोबारे सरकारले आफ्नै समीक्षा गर्नुपर्नेमा जोड दिए ।

‘तपाईहरुले जति सुकै ठूल ठूला लगानी सम्मेलन गर्नुहोस्न, ऐन कानुनहरु लगानी मैत्री छैनन् भने कसले लगानी गर्छ ?अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरु पूरा भएकी भएन ?त्यो पनि हेर्नुहोस् । त्यसैले देश लगानीको लागि तयार छ कि छैन् ?त्यो कुरा पहिले टुङ्गोमा पुग्नुपर्‍यो । आज नीजि क्षेत्रको मनोबल कति गिरेको छ?’ लिङ्देनले प्रश्न गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार