मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष

Ujyalosandeshonline 11540+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देहीमा कांग्रेसको भोटको अवस्था मजबुत रहेको कारण कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मधेसवादी दलहरू एक भएर लडेमा चुनौती हुनसक्ने भएपनि भोटको अवस्था मजबुत भएको कारण चुनाव जित्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

उनले भने, ‘अहिलेको पोजिसन के छ भन्न गाह्रो छ । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भएर लड्ने भन्ने छ उनीहरूको पनि राम्रै उपस्थिति हुनसक्छन् । तर त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले हामीले चुनाव हारेका हौँ । तर हाम्रो भोटको अवस्था मजबुत रहेको आजको निष्कर्ष छ ।’त्यस्तै, उनले रुपन्देहीमा गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै रहेको दाबी गरे । 

उनले भने, ‘हामीले हेर्ने भनेको रुपन्देहीमा विभिन्न गठबन्धनहरू थिए गएको निर्वाचनमा, गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै थियो । जसले त्यतिबेला २० हजार मत प्राप्त गरेको थियो । दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो ।

तेस्रो पार्टी रास्वपाले १४ हजार मत प्राप्त गरेको थियो । त्यसपछि मधेसवादी दलहरू थिए ।’उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने सम्भावना रहेकोे पनि बताए । बैठकमा मन्त्री फेरबदलको विषय भने प्रवेश नै नगराएको उनले जानकारी गराए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार