मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

रसुवागढीमा बाढीको वितण्डा: मितेरी पुल ध्वस्त, ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

Ujyalosandeshonline 12457+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

रसुवा । चीनतर्फ परेको अविरल वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी क्षेत्रमा आज बिहानै भिषण बाढी आएको छ। बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने उद्धारमा खटिएका ३ प्रहरी कर्मचारीसहित १८ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार बिहान करिब ३ बजे चीनको भूभागमा परेको भारी वर्षापछि भोटेकोशी नदीमा बाढी आएको हो। बिहान ४ बजे बाढीले मितेरी पुल बगाएपछि नेपाल र चीनबीचको स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले रसुवागढीस्थित ईभी चार्जिङ स्टेसन, भन्सार कार्यालयको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत ठूलो क्षति पुऱ्याएको छ। चार्जिङ स्टेसनमा रहेका करिब ७-८ वटा विद्युतीय गाडीहरू पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।

३ प्रहरीसहित १८ जना बेपत्ता

बाढीमा परेर ३ जना प्रहरी कर्मचारी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक गरी कुल १८ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुने प्रहरी कर्मचारीहरूमा इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका प्रहरी नायब निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा रहेका छन्।

हालसम्म ९ जनाको सकुशल उद्धार गरिएको छ, जसमा १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ जना स्थानीय बासिन्दा रहेका छन्।

उद्धार कार्य जारी, ९४ प्रहरी परिचालन

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रसुवा र मातहतका विभिन्न प्रहरी इकाईहरूबाट उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी निरीक्षक कृष्ण बहादुर धितालको कमाण्डमा जिल्लाबाट २० जनासहित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेशी, हाकु, बेत्रावती र अस्थायी प्रहरी पोष्ट मैलुङबाट गरी जम्मा ९४ जनाको टोली उद्धार कार्यमा खटिएको छ।

बाढीकै कारण बिहान करिब पौने ८ बजे गोसाइँकुण्ड गाउँपालिका-५ स्थित पासाङल्हामु सडक खण्डको सडक चर्किँदा धुन्चे-टिमुरे आवतजावत पनि बन्द भएको छ। यसले गर्दा उद्धार तथा राहत कार्यमा थप कठिनाइ उत्पन्न भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार