मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कोटहीमाई गाउँपालिकामा कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य किट हस्तान्तरण

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मा अवस्थित मझगावँ स्वास्थ्य चौकीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार किट वितरण गरिएको छ । विगत दुई महिनादेखि सञ्चालन हुँदै आएको कुपोषण स्कृनिङ्ग कार्यक्रम अन्तर्गत मध्यम कुपोषित बालबालिका र शिघ्र कडा खालका कुपोषित बालबालिकालाई उक्त स्वास्थ्य किट हस्तान्तरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले बताइन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाई लगायत सरोकारवालाहरुको टोलीले गरेको अनुगमनको क्रममा कुपोषण चेकजाँच गराउन आएका बालबालिकाहरुलाई अवस्थाको आधारमा स्वास्थ्य किट बितरण गरिएको हो । 

रुपन्देहीको मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषणमार्फत जीवन रुपान्तरण’ कार्यक्रम मार्फत कुपोषण चेक जाँच भइरहेको संयोजक पुनले जानकारी दिएकी छिन् । ६ वटौ पालिकामा तोकिएको २ सय ५२ क्यम्प मध्ये २ सय १ क्यम्प १७ हजार ४ सय ९९ सय जनाको स्कृनिङ्ग भएको उनले बताइन् । छुटेको क्यम्पमा पनि १० दिन भित्र सकिने गरी चेकजाँच भइरहेको पुनले बताइन् ।

सेतो गुराँस बालविकासद्वारा सञ्चालन भएको छ जसलाई हेलन केलर इन्टरनेशनलले सहयोग गरिरहेको छ । पुनले भनिन्, ‘ पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’

छुटेका बालबालिकालाई घरमै गएर नापजाँच गर्ने पुनले बताइन । जिल्लाभरीको १७ हजार ४ य ९९ जनालाई चेकजाँच गर्दा १६ हजार २ सय २० जना बच्चा सामान्य अवस्थामा छन् भने १ हजार २ सय ८८ जना जोखिमको अवस्थामा छन् । ५८ जना बच्चा एकदमै कडा खालका छन् । मध्यम खालकालाई १५ दिनमा २ प्याकेट खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्यकर्मीको निगरानीमा र महिला स्वास्थ्यकर्मीको सहयोग खुवाइन्छ । ९३ जना बालबालिका निको भइसकेका छन्, ’उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार