मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


रुपन्देहीमा ७०० प्रहरी तैनाथ, एसपी क्षेत्रीको भनाई : ‘जनताको सुरक्षाका लागि हामी प्रतिबद्ध छौं’

Ujyalosandeshonline 11474+ समाचार ( )
२ कार्तिक २०८२, आइतबार

भैरहवा । नजिकिँदै गरेका तिहार, दीपावली र छठ पर्वलाई लक्षित गर्दै रुपन्देही प्रहरीले जिल्लाभरि एक सुदृढ र विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । यस वर्षका चाडपर्वहरूमा कुनै पनि अप्रिय घटना हुन नदिन र नागरिकहरूले शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सकून् भन्ने उद्देश्यका साथ ७०० भन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

एसपी क्षेत्रीले रुपन्देहीको समग्र शान्ति सुरक्षालाई प्राथमिकतामा राखी रणनीतिक सुरक्षा योजना तयार पारेको बताउनुभयो । उहाँले जनतालाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै भन्नुभयो, “हामी तपाईंहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं । शान्ति सुरक्षामा खलल पुर्याउने वा अशान्ति फैलाउने कुनै पनि व्यक्तिलाई कानुनको दायरामा ल्याइनेछ ।“चाडपर्वको समयमा चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगी, सवारी दुर्घटना, हैरानी, अवैध हातहतियार तथा लागूऔषध ओसारपसार जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले नियन्त्रण तथा न्यूनीकरणका लागि कमाण्ड पोस्ट स्थापना गरी विभिन्न टोलीमार्फत प्रहरी परिचालन गरेको छ ।

एसपी क्षेत्रीले चाडपर्व मनाउन कतै टाढा जाँदै हुनुहुन्छ भने सामाजिक सञ्जालमा तत्काल पोस्ट नगर्न र आफूहरू जाँदै गरेको जानकारी नदिन आग्रह गर्नुभएको छ । साथै, जिल्ला प्रशासन कार्यालयले तोकेको देउसी भैलोको समयमा मात्र भैलो खेल्न र सभ्य तथा अनुशासित भई चाडपर्व मनाउन समेत उहाँले आह्वान गर्नुभयो ।

सुरक्षाका मुख्य प्राथमिकताका क्षेत्रहरू अन्तर्गत एयरपोर्ट, कारागार, बाल सुधार गृह लगायतका संवेदनशील क्षेत्रहरूको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्लब तथा समूहले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा भीडभाड व्यवस्थापन र सुरक्षा सुनिश्चित गरिनेछ । सीमा क्षेत्रमा हुन सक्ने ठगी, लुटपाट र चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिइनेछ । पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थ र देउसी भैलो खेल्ने दुई समूहबीच हुन सक्ने झैझगडा नियन्त्रणमा पनि प्रहरी सक्रिय रहनेछ । अवैध हातहतियार र लागूऔषध ओसारपसार नियन्त्रणमा विशेष निगरानी राखिनेछ । जुवा, चन्दा लगायतका गैरकानुनी गतिविधिहरूको गोप्य रूपमा सूचना संकलन गरी कारबाहीको दायरामा ल्याइने प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीमा प्रहरी प्रमुखको रूपमा एसपी प्रदीप बहादुर क्षेत्रीको आगमनसँगै जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको स्थानीय नागरिक र सरोकारवाला निकायले महसुस गरेका छन् । उहाँको सक्रिय फिल्ड उपस्थिति, कुशल नेतृत्व र रणनीतिक कार्ययोजनाका कारण रुपन्देहीमा अपराधका घटनाहरूमा कमी आएको छ । चोरी, डकैती, गुण्डागर्दी लगायतका आपराधिक गतिविधिमाथि नियन्त्रण कायम भएको छ, जसले गर्दा यस वर्षका चाडपर्वहरूमा नागरिकहरूले थप सुरक्षित महसुस गर्न सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार