मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

उपसभापति खड्काले बाँडे २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा

Ujyalosandeshonline 12437+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ बर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे । ५२ बर्षदेखि एलानीमै बस्दै आएका ८२ बर्षिय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्गाकै घरमा मर्न पाउँछु भन्ने आशाको खुशी ब्यक्त गरे । जग्गा भएपनि पुर्जा नहुँदा कतिखेर के हुन्छ भन्ने चिन्नामा पाँच दशक लामो समय बिताएका उनले शुक्रबारदेखि ढुक्कको सास फेरेको बताए ।

‘२०२७ सालमा बुवाले ६ हजार रुपैयाँमा किनेको १७ रोपनी ऐलानी जमिनको जग्गाधनी पुर्जा पाए पछि आफ्नै जग्गा हो भन्ने लागेको छ’ उनले भावुक भएर भने, ‘जमिन जोत्दै आए पनि आफ्ना नाममा थिएन आज बल्ल मेरै हो भन्ने लागेको छ ।’ भेरीगंगा नगरपालिकाकी ७१ वर्षीया मोती खत्रीले पनि बसोबास गरेको ५२ बर्ष पछि जग्गाधनी पुर्जा पाईन् । सुर्खेतकै सिम्ताबाट ५२ बर्ष अघि भेरीगंगा आएको उनको परिवारले पनि पाँच दशक लामोसमय लानी जग्गा खनजोतमै बिताएको सम्झिदै जग्गा धनी पुर्जा पाउँदा खुशी लागेको बताइन् ।

‘बस्तीमा सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार भए पनि लालपूर्जा नहुँदा कसाइँको स्थायित्व थिएन’ उनले भनिन्, ‘लालजपुर्जा पाए पछि अब ढुक्क भयौ ।’ सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका बस्तीहरुमा राजनितिक दलहरुले जग्गाधनीपुर्जा बाड्ने चुनावी नारा बनाउँदै आएपनि सुकुम्बासीले पुर्जा पाएका थिएनन् । ‘नेताहरुले हामी लालपुर्जा दिन५ौ भनेर हरेक चुनावमा आश्वासन बाँडे’ लेकबेशी नगरपालिकाका ८८ बर्षिय बलबहादुर ज्ञवालीले भने, ‘पटक पटक जग्गा नापी पनि भयो तर बर्षौ पछि अहिले जग्गाधनी पुर्जा पायौं ।’

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले लेकबेशी र भेरीगंगा नगरपालिकाका २४७ भुमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र बाँडेका थिए । जग्गाधनी प्रमाण पत्र वितरण गर्दै उपसभापति खड्काले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नु वर्तमान सरकारको ऐतिहासिक उपलब्धि भएको बताए ।

भूमि सम्बन्धी समस्या समाधानका लागि भुमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ ।भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केशरहादुर ओलीले प्रक्रिया पूरा भएका सबै नागरिकलाई जग्गाधनी पुर्जा वितरणमा आयोग लागेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार