मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

साफ यु–२० च्याम्पियनसिपका लागि विदेशी टोली आउन थाले

Ujyalosandeshonline 11013+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराएका छन् । 

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–२० टोली प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ । प्रतियोगिताको उदघाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरु दशरथ रंगशालामा हुनेछन् ।

एन्फा कम्प्लेक्समा भएको खेलको टिकट दर रु तीनसय कायम गरिएको छ भने दशरथ रंगशालामो टिकट दर साधारण पारापिटतर्फ रु दुईसय र भीआइपी पारापिटतर्फ रु पाँचसय कायम गरिएको छ । 

प्रतियोगिताको लागि सहभागी राष्ट्रहरु मध्ये माल्दिभ्सको टोली आइसकेको छ भने श्रीलंका, भारत र भुटान भोली शुक्रबार आइपुग्नेछ । यस्तै, बंगलादेशको टोली शनिबार आइपुग्नेछ । 

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान, लगनखेल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।प्रतियोगिताको अनुमानित बजेट रु ३,१०,५३,९०० (२३८,८७६ अमेरिकी डलर) रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार