मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने

Ujyalosandeshonline 11013+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा उक्त भेट भएको हो । 

भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् । 

उनले भने, ‘आजको भेट सहरी विकासमन्त्रीको सफल कार्यकालको लागि शुभकामनाको लागि थियो । भारत सरकारले नेपालको सहरी विकासमा के कस्तो सहयोग गर्न सक्ने सम्भावना छ । हामी सहयोग गर्न तयार छौ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’ 

उनले सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताए । 

उनले भने, ‘भारतले नेपाललाई सहयोग गर्न सक्ने राम्रो क्षेत्र भनेको फोहोरमैला व्यवस्थापन, नदीनालाहरुको प्रदूषणको नियन्त्रणलगायतका काममा सहकार्य गर्न सक्छौ भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

यस्तै, छलफलमा भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारको निर्माण कार्य देशभर गर्नको लागि सहयोग गर्ने कुरा पनि भएको बताए । 

उनले भने, ‘भारतीय सहयोगमा पुनःनिर्माणका केही कामहरु भइरहेका छन् । त्यो बारेमा सामान्य समीक्षा भएको छ । भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारका काम गर्नलाई सहयोग प्राप्त हुन्छ । देशभर नै यो कार्यक्रम लागू गर्न सकिन्छ त्यसको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नयाँ कार्यविधि पनि पास भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार